Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी अर्याललाई

सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी अर्याललाई

मंगलवार , मंसिर १६, २०८२

काठमाडौै । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको थियो ।

अर्याल वरिष्ठ सहसचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा कार्यरत थिए  ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077