Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई वार्ताका लागि प्रधानमन्त्री कार्कीले पठाइन् औपचारिक पत्र

दुर्गा प्रसाईंलाई वार्ताका लागि प्रधानमन्त्री कार्कीले पठाइन् औपचारिक पत्र

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई वार्ताका लागि औपचारिक रूपमा निमन्त्रणा गरेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले यही मंसिर २२ गते प्रसाईंलाई सोमबारका लागि वार्तामा सहभागी हुन पत्र पठाएकी हुन् ।

सचिवालय स्रोतका अनुसार प्रसाईंका अधिकांश माग तत्काल पूरा हुने अवस्था नभए पनि समावेशी संवाद प्रक्रियाअन्तर्गत उनीसँग छलफल गर्न प्रधानमन्त्री इच्छुक छिन् । प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेको स्रोत बताउँछ ।

हाल प्रसाईं विभिन्न राजनीतिक तथा प्रशासनिक सुधारका एजेन्डा अघि सार्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077