Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका आइजीपीलाई बयानमा बोलाउने तयारी

सशस्त्र प्रहरीका आइजीपीलाई बयानमा बोलाउने तयारी

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । जेनजी आन्दोनलसम्बन्धि छानबिन आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई पनि बयानमा बोलाउने भएको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको भूमिकाबारे उनलाई बोलाएर आयोगले बयान लिन लागेको हो।

खासगरी २४ भदौको आन्दोलनमा सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेको छ। त्यो दिन बिहानै सशस्त्र प्रहरीले डिउटी छाडेका थिए। जसकारण नेपाल प्रहरीले आन्दोलन थेग्न नसक्दा देश आन्दोलनकारीको कब्जामा हुँदा आगजनी र लुटपाटको आतंक मच्चिएको थियो। सशस्त्र प्रहरीकै बानेश्वरको गुल्म लगायत कार्यालयबाट त हतियार र गाडी समेत लुटिएको थियो ।

यी विषयमा आयोगले फिल्डमा खटिएका सशस्त्र प्रहरी र कार्य विभागका एआइजी नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ। अब आइजीपी अर्यालसँग समेत सोधपुछ गर्न लागेको स्रोत बताउँछ ।

नेपाल प्रहरीका तत्कालिन आइजीपी चन्द्रकुबेर खापुङलाई त आयोगले स्थानहद नै लगाइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077