Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ससंद् विघटनविरुद्ध एमालेले दर्ता गरेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

ससंद् विघटनविरुद्ध एमालेले दर्ता गरेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

नेकपा एमालेका विघठित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै पुनस्थापनाको मागसहित रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आजबाट सुनुवाई सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले उक्त रिटबारे सुनुवाई गर्दै राष्ट्रपति कार्यालयसँग बुधबार ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा रहेका छन् ।

'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत खुलाई सर्वोच्च अदालतको संवैधानिक इजलास सञ्चालन नियमावली, २०७२ को नियम १९ बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक ७  दिनभित्र प्रत्यर्थीहरुको नाउँमा महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदकको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु आदेशमा भनिएको छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077