एजेन्सी । भारतको छत्तीसगढको बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सीमा क्षेत्रअन्तर्गतको पश्चिम बस्तर डिभिजन इलाकामा सुरक्षाकर्मीसँग भएको मुठभेडमा १२ जना माओवादी लडाकु मारिएका छन् ।
दोहोर भिडन्तमा तीनजना प्रहरी जवान पनि मारिएका छन् भने दुई प्रहरी घाइते भएका छन् ।
मुठभेड स्थलबाट १२ माओवादी लडाकुको शव बरामद गरिएको छ ।
मुठभेड स्थलबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद भएको प्रहरीले जनाएको छ ।