काठमाडौं । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न गुरुङ त्यहाँ पुगेका हुन् । गुरुङ र लामिछानेबिच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ ।
गुरुङले केहिसमय अघि सामाजिक सञ्जाल फेसकुकमा, 'बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं' भन्दै स्टाटस लेखेका थिए ।
''