Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सञ्चालनमा आयो भाटभटेनीको मुख्य गोदाम

सञ्चालनमा आयो भाटभटेनीको मुख्य गोदाम

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं। भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा परेको मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।

बालुवाटारस्थित रहेको मुख्य गोदाम तीन महिनापछि रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

जेनजी आन्दोलनमा भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो। ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउने काम तीव्र गतिमा अघि बढाइएको थियो।

आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनर्निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077