Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुनः सञ्चालनमा आयो कोटेश्वरको भाटभटेनी

पुनः सञ्चालनमा आयो कोटेश्वरको भाटभटेनी

शनिवार , माघ २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी पुनः सञ्चालनमा आएको छ।

शनिवार अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजाआजा गरी स्टोरको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प सेवा सुचारु भएको हो।

गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गरे। 

उजले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भए पनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताए।

गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै सञ्चालनमा ल्याउने समेत बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077