Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीले पुटिनलाई दिए रुसी भाषाको ‘गीता’ उपहार, भारत–रूस शिखर सम्मेलन आजदेखि

मोदीले पुटिनलाई दिए रुसी भाषाको ‘गीता’ उपहार, भारत–रूस शिखर सम्मेलन आजदेखि

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘श्रीमद्भागवत गीता’को रुसी अनुवादित एक प्रति विशेष उपहारस्वरूप प्रदान गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त जानकारी दिँदै लेखेका छन्, 'राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति भेंट गरेँ। गीता–उपदेशले विश्वभरका लाखौं मानिसलाई प्रेरणा दिएको छ।'

राष्ट्रपति पुटिन बिहीबार दिउँसो दिल्लीको पालम एयरपोर्टमा अवतरण गरेका हुन्। एयरपोर्टमै प्रधानमन्त्री मोदी स्वयं उपस्थित भई उनले पुटिनको आतिथ्यपूर्ण स्वागत गरेका थिए।

औपचारिक स्वागतपछि दुवै नेता एउटै गाडीमा बसेर मोदीको आधिकारिक निवासतर्फ प्रस्थान गरेका थिए।

सन् २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएयता पुटिनको यो पहिलो भारत यात्रा भएकोले यसलाई कूटनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिएको छ।

पुटिन र मोदी आजदेखि सुरु हुने २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077