Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने प्रकाश फिलिपिन्समा, तीनजना बडीगार्ड पक्राउ

अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने प्रकाश फिलिपिन्समा, तीनजना बडीगार्ड पक्राउ

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्तल प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ।

प्रकाश पाठक नामका व्यक्तिले फिलिपिन्समा बसेर धम्कीसहितको पत्र अख्तियारमै पठाएको र भिडिओसमेत सार्वजनिक भएपछि आयोगले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा चार दिन अघि नै जाहेरी दिइसकेको छ ।

प्रहरी अनुसन्धानका क्रममा धम्कीपूर्ण पत्र पठाउने पाठक फिलिपिन्समा रहेको पत्ता लागेको हो। उनका तीन जना सहयोगीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्।

पक्राउ परेकाहरुले धम्क्याउने कसुरमा आफूहरुको संलग्नता नरहेको दाबी गरेका छन्। प्रकाशले अख्तियार प्रमुख राईसहितको ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएका थिए। सोही आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ।

आफूलाई उग्रवादी समूह 'एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी छ।

उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वआईजीपीहरु ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रहेका छन् ।

पाठकले पठाएको पत्रमा कसलाई किन धम्की दिइएको भन्ने कुरा पनि खुलाइएका छन्।

यसैबीच कतिपय मिडियाहरुमा (दैनिक पत्रिकादेखि अनलाइनसम्म) भने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी ती व्यक्तिहरूलाई परिचालन गरेको हुन सक्ने भन्दै समाचारहरु आएका छन् ।

अधिकारीविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेसँगै अख्तियारमा यस्तो धम्कीपूर्ण पत्र आएको बुझाई छ । यद्यपी अधिकारी पक्राउ परिसकेको अवस्था छन् । यस बारेमा प्रहरीले अहिलेसम्म कुनै पनि तथ्य बाहिर ल्याएको छ ।

अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ। भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड बढी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध छ।

प्रहरी अधिकारीको नाम मात्रै जोडिएको हो कि संलग्नता नै छ भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077