Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाश पाठकले चार महिना अघि नै प्रदिप अधिकारीलाई ज्यान मार्ने धम्की दिएको खुलासा

प्रकाश पाठकले चार महिना अघि नै प्रदिप अधिकारीलाई ज्यान मार्ने धम्की दिएको खुलासा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठकले नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालिन महानिर्देशक प्रदीप अधिकारीलाई चार महिना अघि नै ज्यान मार्ने धम्की दिएको खुलेको छ । 

कतिपय मिडियाहरुले प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’ देखिएको भन्दै समाचार बनाए पनि यथार्थमा भने त्यस्तो नभई उनै अधिकारीलाई नै ज्यान मार्ने धम्की आएको खुलेको हो । 

पाठक प्रमुख रहेको ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईजीएन) ले २५ अक्टोबर २०२५ मा नै पत्र पठाएर अधिकारीलाई ज्यान मार्ने धम्की दिएको थियो । पाठकको हस्ताक्षर रहेको उक्त पत्र क्यानको आधिकारिक इमेलमा आएपछि क्यानले नै प्रहरी गुहारेको थियो ।

pradeep j off.jpg

क्यानले २०८२/०७/०९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र नै लेखेर पाठकको धम्कीबारे जानकारी गराएको थियो । 
क्यानले उक्त पत्र मार्फत महानिर्देशकको व्यक्तिगत सुरक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गरिदिनसमेत आग्रह गरेको थियो । 

यद्यपी अहिले आएर महानिर्देशक अधिकारीको पाठकसँग कनेक्सन भनेर गरिएको प्रचार ‘फेक’ भएको पुष्टि भएको छ । 

पाठक अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् । उनलाई माघ २८ गते अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।

प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

पाठकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका थिए ।

pradeep j.jpg

यता, अधिकारी पनि अहिले भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागि डिल्लीबजार कारागार कार्यालयमा छन् । अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमितामा अधिकारीको पनि संलग्न रहेको भन्दै मुद्दा दायर गरेको थियो । 

२०८० सालमा मुलुक छाडेर विदेशमा बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका हुन् । २०७७ साल तिर पाठकले भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने काम गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्तिलाई धम्की दिंदै उनले पैसा असुल्दै आएको पनि खुलेको छ । 

पाठकविरुद्ध वैदेशिक रोजगार ठगीमा अहिलेपनि दुईवटा मुद्दा चलिरहेको भेटिएको छ । उनले न्युजिल्याण्ड र रसिया पठाउँछु भनेर रकम ठगी गरेको आरोप छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077