Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने प्रकाश, छैन नेपाली डकुमेन्ट !

अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने प्रकाश, छैन नेपाली डकुमेन्ट !

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । उच्च पदस्थलाई मार्ने धम्की दिने धम्की दिने प्रकाश पाठकलाई प्रहरीले पक्राउको तयारी गरेको छ ।

आफूलाई उग्रवादी समूह 'एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को अध्यक्ष भन्ने पाठकले केही दिनअघि सामाजिक सञ्जालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लगायतका व्यक्तिहरुलाई मार्ने भन्दै अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

उक्त सूचीमा अख्तियार प्रमुख राई, अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वआईजीपीहरु ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रहेका छन् ।

पाठकले बिहीबार पनि सामाजिक सञ्जालमा लेख्दैआफू फिलिपिन्समा रहेको र आफूलाई पक्राउ गर्न प्रहरीले खोजिरहेको खुलासा गरेका छन् ।

पाठकले आफूसँग कुनै पनि नेपाली डकुमेन्ट नेपाली नागरिकता, पासपोर्ट लगायतका डकुमेन्ट नै नभएको भन्दै आफू पक्राउ परे पनि नेपाल जान नपर्ने दाबी गरेका छन् ।

पाठकले आफूसँग भारतको आधार कार्ड, पासपोर्ट लगायतका डकुमेन्टहरु रहेकोले त्यहाँ केही समयदेखि गैरकानुनी रुपमा बसिरहेको बताउँदै पक्राउ गरिए पनि तत्काल देश निकाला नगरिने समेत दाबी गरे ।

साथै आफू पक्राउ परे पनि आफ्नो सम्बन्ध भारतका कुख्यात अपराधीसँग रहेको भन्दै जेलभित्रबाटै मार्ने धम्की समेत दिएका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077