Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज जनकपुरमा एकता सन्देश सभा गर्दै नेकपा

आज जनकपुरमा एकता सन्देश सभा गर्दै नेकपा

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ ।

धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा आज मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गर्न लागेको हो ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभामा प्रदेशभरबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ।

नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ। यसअघि मंसिसर २३ गते मकवानपुरको हेटौँडामा सभा ससमापन गर्ने तयारी गरिए पनि यो मिति सारिएको छ।

बागमतीका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी उपत्यकामै भेलाको तयारी भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077