Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आफूलाई पक्राउ गर्न नमानेपछि सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई हटाइएको ओलीको दाबी

आफूलाई पक्राउ गर्न नमानेपछि सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई हटाइएको ओलीको दाबी

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गर्न नमानेपछि सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखलाई हटाएको टिप्पणी गरेका छन् ।

शनिबार एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जसरी पनि आफूलाई पक्राउ गर्नुपर्छ भन्नेमा लागेको बताएका हुन् । 

‘प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस् (ओलीविरुद्ध), प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो । तर, उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकार आफूलाई प्राप्त जिम्मेवारीमा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । 

ओलीले जेनजी सरकारकै प्रधानमन्त्री पनि आफूभन्दा तीन महिनामात्रै कम उमेरको भएको कटाक्ष गरे । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077