काठमाडौं । श्रम संस्कृति पार्टीले सोमबार राजधानी काठमाडौंमा र्याली गरेको छ।
काठमाडौं , भक्तपुर र ललितपुरमा संगठन विस्तार गर्दै अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि आज र्याली सुरु गरेको हो।
बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगेर सभामा परिणत हुनेछ।
सभालाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् ।
