Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो । 

यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ ।  दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ । 

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् । प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्

यस्तो छ नेपाली टोली :

अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपीन शर्मा, वंश छेत्री, युवराज खत्री ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077