Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज इलिमिनेटरमा काठमाण्डू र लुम्बिनी भिड्दै

आज इलिमिनेटरमा काठमाण्डू र लुम्बिनी भिड्दै

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो ।

यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।

काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077