Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हितेन्द्रदेव शाक्यले भने- अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु

हितेन्द्रदेव शाक्यले भने- अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशपछि पुनर्बहाली भएको बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार प्राधिकरण पुगेपछि कार्यभार सम्हाल्दै उनले भने, 'मेरो कार्यकाल साढे तीन वर्ष बाँकी छ । यो अवधिमा प्राधिकरणलाई उत्कृष्ट नतिजातर्फ उन्मुख बनाउँदै सरकारसँग मिलेर काम गर्नेछु ।'

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै प्रक्रिया नअपनाई आफूलाई हटाएको निर्णय अदालतले बदर गरिदिएपछि शाक्य पुनः पदस्थापित भएका हुन् ।

कार्यभार ग्रहण समारोहमा उनले दिगो र भरपर्दो विद्युत् सेवा विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा रहने बताए ।

उनले भने- 'प्राधिकरणले विगतमा आफ्नै तर्फबाट विद्युत् उत्पादनमा खासै लगानी गरेन । अबका दिनमा प्राधिकरण आफैले पनि उत्पादनमा सक्रिय भूमिका बढाउनेछ ।'

प्राधिकरणको नेतृत्वका कारण बारम्बार आक्रमणमा परे पनि आफू नआत्तिएको बताउँदै शाक्यले प्राधिकरणमा तीन दशकभन्दा बढी समय निश्वार्थ सेवा गरेको स्मरण गरे ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077