Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ लागू भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका विभिन्न निकायका १० जना पदाधिकारी पदमुक्त भएका छन्।

मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित पाँच जना सदस्य पदमुक्त भएका छन्। पदमुक्त हुनेमा रतनबहादुर ऐर, डा। बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल रहेका छन्।

त्यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

अध्यादेश कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका महत्वपूर्ण नियामक तथा कार्यकारी पदमा एकैपटक ठूलो संख्यामा पदाधिकारी हटेपछि प्रशासनिक संरचनामा असर पर्ने देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077