काठमान्डौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् ।
कार्यकारी निर्देशक शाक्यले बुधबार प्राधिकरणको कार्यालय पुगेर आफ्नो पदबहाली गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए ।
पदमुक्त भइसकेपछि शाक्यले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गर्दै पदमुक्त गर्ने निर्णय कानूनी रूपमा उचित नभएको ठहर गरेको थियो ।
अदालतको आदेशसँगै उनी पुनः कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।