Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकार र जेनजीबीच भएको सम्झौताबारे ओलीको टिप्पणीः कलाविहीन भद्दा नाटक

सरकार र जेनजीबीच भएको सम्झौताबारे ओलीको टिप्पणीः कलाविहीन भद्दा नाटक

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौतालाई कलाविहीन नाटक भएको टिप्पणी गरेका छन्।

बिहीवार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेकोले भन्दै योसब भद्दा नाटक भएको टिप्पणी गरका हुन्।

उनले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो भन्दै प्रश्न गरे।

उनले भने- 'हिजो एउटा कलाविहीन भद्दा नाटक भएको थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ?'

ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे ।

उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077