Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एनपीएल: टस जितेर विराटनगरले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

एनपीएल: टस जितेर विराटनगरले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको थियो। अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।

बुधबारको हारसँगै काठमाण्डुको यात्रा समाप्त भएको थियो।

आज हुने दोस्रो क्वालिफायर्सको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077