Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

एनपीएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायनसले ८६ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकमा टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको हो ।

योसँगै लुम्बिनीले उपाधि जित्न ८६ रनको सामान्य लक्ष्य पाएको छ ।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

सुरुबाट नै बलिङबाट दबाबमा राखेको लुम्बिनीका लागि कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेल्मन र शेर मल्लले समान तीन तीन विकेट लिए। एघारौँ ओभरमा रोहितले ह्याट्रीक विकेट लिएका थिए। तिलक भन्डारीले एक विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077