Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एनपीएल : कर्णालीले जनकपुरलाई दियो एक सय ३० रनको सामान्य लक्ष्य

एनपीएल : कर्णालीले जनकपुरलाई दियो एक सय ३० रनको सामान्य लक्ष्य

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २९ रन बनायो । कर्णालीका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।

गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077