Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हुँदै नभएको घर देखाएर ३३ लाख ऋण, गाउँपालिका उपाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हुँदै नभएको घर देखाएर ३३ लाख ऋण, गाउँपालिका उपाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , मंसिर २५, २०८२

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

हुँदै नभएको तीनतले पक्की घरको नक्सा बनाएर बैंकबाट ३३ लाखभन्दा बढी ऋण लिए आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष नाथसहित बिहीबार चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नाथले आफ्नै नाममा दर्ता रहेको कञ्चनपुर, साविक बेलडाँडी–८ को कित्ता नं ३५७ (४०० बर्गमिटर) मा कुनै भवन नभए पनि सेती कन्सल्टेन्सीमार्फत पक्की घर भएको जस्तो नक्कली नक्सा तयार गराएर लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको छानबिनबाट पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार भवन नभएको जग्गामा पक्की घर छ भनि नक्सा पास गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव-इन्जिनियर तेजबहादुर सुनार रहेका छन् ।

उनिह्रुविरुद्ध भ्रष्टाचार निवारण ऐन दफा ९ बमोजिम सजाय मागदाबी गरिएको छ भने उपाध्यक्ष नाथविरुद्ध मुख्य कसूरदार बराबर, सोही ऐनको दफा २२ अनुसार सजाय मागदाबी गरिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077