Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले निर्वाचनसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि अघि बढाएको छ : प्रधानमन्त्री कार्की

सरकारले निर्वाचनसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि अघि बढाएको छ : प्रधानमन्त्री कार्की

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाहीलाई समान रूपमा अगाडि बढाइरहेको स्पष्ट पारेकी छन्।

बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकारको प्राथमिकता दुवै मोर्चामा सन्तुलित रूपमा अघि बढिरहेको बताइन्।

प्रधानमन्त्री कार्कीले देशको राजनीतिक संस्कृति ‘भाषण र विचार बर्साउने’ प्रवृत्तिमा मात्रै सीमित हुन नहुने उल्लेख गर्दै उत्पादन र कामलाई केन्द्रमा राखेर अघि बढ्ने राजनीतिक दलहरूको आवश्यकता रहेकोमा जोड दिइन्।

आर्थिक समृद्धि, सुशासन र परिणाममुखी शासनका लागि सक्षम र प्रतिबद्ध प्रतिनिधि विजयी गराउन पनि उनले आग्रह गरिन्।

भेटमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

पार्टीले निर्वाचनको वातावरण सहज बनाउन जेनजी आन्दोलनका दमनकारी तथा भ्रष्टाचारीमाथि शीघ्र कारबाही गर्नुपर्ने माग राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077