Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

शुक्रवार , मंसिर २६, २०८२

एजेन्सी । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।

जापानको मुख्य द्वीपको उत्तरी प्रान्त आओमोरी प्रिफेक्चरको तटका धेरै क्षेत्रबाट ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केही दिनअघि नै यही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा कम्तीमा ५० जना घाइते भएका थिए ।

विज्ञहरूले आगामी ३० वर्षभित्र ठूलो भूकम्प आउने ६० देखि ९० प्रतिशत सम्भावना रहेको चेतावनी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077