एजेन्सी । अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।
रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित विश्वविद्यालयको इन्जिनियरिङ भवनमा अन्तिम परीक्षा चलिरहँदा स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ४ बजे गोली चलेको थियो ।
घटनापछि क्याम्पस पूर्ण रूपमा ुलकडाउनु गरिएको छ र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लुक्न तथा ढोका बन्द राख्न निर्देशन दिइएको छ।
कालो कपडा लगाएका पुरुष संदिग्ध व्यक्ति घटनापछि पैदलै भागेको र अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ। घाइते आठै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटना लगत्तै एफबीआई र स्थानीय प्रहरीले व्यापक खोजी कार्य जारी राखेका छन्।