एजेन्सी । अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ ।
बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि बुधबार गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो।
अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको बताइएको छ । घटनाको अनुसन्धान एफबिआईले गरिरहेको छ ।