एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन्।
उक्त घटना चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स नामक गिर्जाघरमा भएको हो । प्रहरी प्रमुख विलियम रेनेका अनुसार, हमलामा संलग्न ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड हुन् ।
अधिकारीहरूका अनुसार, ठूलो संख्यामा प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गाडी चर्चको अगाडिको भागमा ठोक्काए । गोली चलाउन थाले र त्यसपछि आगो लगाए, जसले ठूलो आगजनीमा परिणत भएको थियो । प्रहरीले जलेको भवनभित्र अझै अन्य पीडितहरू फेला पर्न सक्ने आशंका गरेको छ ।
प्रहरीका अनुसार, अधिकारीहरूले बन्दुकधारीसँग गोली हानाहान गरेर उनलाई मारेका छन् । अनुसन्धानकर्ताहरूले थोमस जेकब स्यानफोर्ड नजिकैको बर्टन सहरका बासिन्दा रहेको बताएका छन् ।