काठमाडौं। नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति लिए बाफत चालिसेसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले चालिसे पत्नी मन्दिरा चालिसे, छोराहरू सागर चालिसे , सन्दीप चालिसे र बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ ।
अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख बिगो दाबी गरेको छ।
चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौै ३ बाट सांसद निर्वाचित भएका हुन् ।