Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार

यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो ।

बङ्गलादेशका जावाद अबरारले नटआउट ७० रन बनाए । नेपालका अभिषक तिवारी र युवराज खत्रीले १/१ विकेट लिए ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका अभिषेक तिवारीले सबैभन्दा धेरै ३० रन बनाए ।

यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८, निरकुमारले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077