Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश, अख्तियारको फाइल पनि मागियो

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश, अख्तियारको फाइल पनि मागियो

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सह–संयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आइतबार मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै नेपालसहित सबै प्रतिवादीका साक्षीलाई भौतिक रूपमा वा श्रव्यदृश्य माध्यम (भिडियो कन्फ्रेन्स) मार्फत उपस्थित गराई वकपत्र गराउन आदेश दिएको हो।

इजलासले सो मुद्दासँग सम्बन्धित उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भएको निर्णयसहितको सम्पूर्ण फाइल झिकाउन समेत आदेश दिएको छ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आरोपअनुसार २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालनको नाममा काभ्रे जिल्लामा हदबन्दी छुटसहित ८ सय १५ रोपनी जग्गा खरिद गर्न स्वीकृति दिएको थियो।

अख्तियारले सो निर्णयले राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको दाबी गर्दै मन्त्रिपरिषद्को निर्णयमा संलग्न तत्कालीन पदाधिकारी र अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077