Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

बुधवार , माघ ७, २०८२

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ।

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दर्ता गराएका हुन्।

यादवका अनुसार पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको छ।

भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गरिएको हो।

यस्तै, विशेष अदालत काठमाडौंले नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल झिकाउन आदेश दिएको छ।

अदालतको आदेशसँगै मुद्दा प्रक्रियागत रूपमा अघि बढिरहेको अवस्थामा उम्मेदवारी वैध नहुने दाबी उजुरीमा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077