Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वच्छ निर्वाचन र सुशासन सरकारको प्राथमिकता : गृहमन्त्री अर्याल

स्वच्छ निर्वाचन र सुशासन सरकारको प्राथमिकता : गृहमन्त्री अर्याल

सोमवार , मंसिर २९, २०८२

पोखरा । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ।

गृह मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सुशासन कायम गर्ने, भ्रष्टाचार निर्मूल गर्ने तथा तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको बताए।

उनले यी पूर्वनिर्धारित लक्ष्य पूरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइएको स्पष्ट पारे।

स्वच्छ निर्वाचन नै लोकतन्त्रको मूल मर्म भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले यसका लागि आवश्यक सबै प्रकारका छलफल र समन्वयमा सरकार सदैव तयार रहेको बताए।

उनले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मन्त्रालयले विशेष सुरक्षा रणनीति र अपरेशन सञ्चालन गरिरहेको जानकारी दिए।

गृहमन्त्री अर्यालका अनुसार जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउने तथा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू पक्राउ गरी कानुनी दायरामा ल्याउन विशेष अपरेशन तीव्र पारिएको छ।

गोष्ठीमा प्रदेश सरकारका मन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077