Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

बुधवार , पौष २, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ ।

विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले मंसिर २३ गते सर्वोच्चमा रिट दिएका थिए।

प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि नै एमालेसहितको दर्जनभन्दा बढी रिट परिसकेका छन्।

कांग्रेसले दायर गरेको रिटमा संसद्को सबै भन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु गर्न र प्रतिनिधि सभा विघटन बदर गरि भदौ २४ कै अवस्थामा पुर्‍याउन माग गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077