Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा निजी विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा निजी विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रवार , पौष ४, २०८२

एजेन्सी । अमेरिकामा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

‍नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा बिहीबार एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व सात जनाको मृत्यु भएको हो ।

विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको छ।

नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो। मृतकमध्ये बिफल र उनका नजिकका परिवारका सदस्य रहेको आशंका गरिएको छ ।

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०ः१५ बजे दुर्घटना भएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077