Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न- तोकिएकै मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न- तोकिएकै मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचन समयमै हुने-नहुनेबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा सांसदहरूले सरकारको कार्यसम्पादन कमजोर देखिएको टिप्पणी गरे ।

एमालेकी सांसद सुमित्रा बिसीले निर्वाचनमा समयमा हुन्छ कि हुँदैन ? भनी सरकारलाई प्रश्न गरिन् । उनले भनिन्- 'संसद् सेवा सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने बताइन् । ‘सरकारको सय दिन पूरा भइसकेको छ । प्रधानमन्त्रीले पाँच दिनभित्र भ्रष्टाचार नियन्त्रण गर्ने भन्नुभएको थियो, त्यसतर्फ के प्रगति भयो ? चुनाव समयमै हुन्छ कि हुँदैन ।'

नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले स्थानीय तहमा जनताको सेवाको कामलाई सहज बनाउने गरी कानुन निर्माण गर्न सरकारलाई सचेत गराइन् । उनले भनिन्- 'कानुनको कमजोरीले स्थानीय तहमा कामै हुन नसक्ने अवस्था छ । सार्वजनिक खरिद ऐनसम्बन्धी आदेश जनताको काम सहज हुने गरी संशोधन हुनुपर्छ ।'

यसैगरी, विधायन ऐन कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको भन्दै सांसदहरूले आपत्ति जनाए। नेकपा ९एमाले०का सांसद डा।वेदुराम भुसालले विधायन ऐन लागू भइसके पनि त्यसको पालना नभएको आरोप लगाए । उनले विधेयक निर्माणमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक गम्भीरता नदेखाएको भन्दै सुधारको माग गरे ।

बैठकमा सहभागी सांसदहरूले सरकारले अत्यावश्यक कानुन निर्माणमा समेत पर्याप्त चासो नदिएको आरोप लगाउँदै तत्काल सुधारको माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077