Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२४० किलो चरेससहित दुई युवक पक्राउ

२४० किलो चरेससहित दुई युवक पक्राउ

आइतवार , पौष ६, २०८२

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका-११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेका छन्।

प्रहरी कार्यालयका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको अवस्थामा २४० किलो चरेस बरामद भएको हो।

प्रहरी शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर ढाटअगाडिबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077