Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१० बुँदे मागसहित आज माइतीघरमा मिराज ढुंगानाको समूहको प्रदर्शन

१० बुँदे मागसहित आज माइतीघरमा मिराज ढुंगानाको समूहको प्रदर्शन

सोमवार , पौष ७, २०८२

काठमाडौं । जेनजी अभियान्ता मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

‘शान्तिपूर्ण आन्दोलन’को घोषणा गर्दै आइतबार पत्रकार सम्मेलन गरेको ढुंगाना समूहले सोमबार बिहान ११ बजे माइतीघरमा भेला हुन समर्थकहरूलाई आह्वान गरेको हो ।

ढुंगानाले सामाजिक सञ्जालमार्फत आन्दोलनमा सहभागिताका लागि अपिल गर्दै १० बुँदे मागसहित आन्दोलन सुरु गर्न लागिएको जानकारी दिएका छन्। उनका अनुसार आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले सर्वपक्षीय सरकार गठन नै आजको आवश्यकता भएको दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077