Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिराज ढुंगाना समूहलाई काठमाडौं प्रशासनको रोक, माइतीघरमा भेला नहुन माइकिङ

मिराज ढुंगाना समूहलाई काठमाडौं प्रशासनको रोक, माइतीघरमा भेला नहुन माइकिङ

सोमवार , पौष ७, २०८२

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।
सो समूहले आज बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको भएपनि आफूहरूले अनुमति नदिने बताएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आज सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको भए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए ।

यस्तै काठमाडौं प्रशासनले माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएपछि प्रहरीले त्यहाँ भेला भएकाहरूलाई माइकिङ गरी गन्तव्यमा लाग्न भनिरहेको छ ।

जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो । त्यसैका लागि ढुंगाना समूह सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।

प्रशासनले अनुमति नदिएपछि ढुंगानासहितका जेनजी अभियन्तालाई प्रहरीले रोकेको छ । सो क्रममा जेनजी र प्रहरीबीच धकेलाधकेल समेत भएको छ ।

ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीको तैनाथी पनि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077