Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघर प्रदर्शनमा पक्राउ परे निकोलस भुसाल

माइतीघर प्रदर्शनमा पक्राउ परे निकोलस भुसाल

सोमवार , पौष ७, २०८२

काठमाडौं । मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ ।

यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो ।

ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रदर्शनमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।  प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077