Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

सोमवार , पौष ७, २०८२

काठमाडौं । प्रदर्शन गर्न माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौं गएको थियो। तर, प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न रोक लगाएको थियो ।

प्रशासनले रोक लगाउदा पनि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रदर्शनमा उत्रिएका थिए ।

अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। सोही क्रममा केही जेनजीहरू पक्राउ समेत परेका थिए। नियन्त्रणमा लिएका निकोलस भुसालसहितलाई हाल प्रहरीले छोडिदिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077