Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सफल गराउन सरकार र दललाई एकजुट हुन राष्ट्रपतिको आग्रह

निर्वाचन सफल गराउन सरकार र दललाई एकजुट हुन राष्ट्रपतिको आग्रह

मंगलवार , पौष ८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार र प्रमुख राजनीतिक दलहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

निर्वाचनबारे अन्योल बढ्दै गएको बेला राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार प्रधानमन्त्री र शीर्ष नेताहरूलाई एकै ठाउँमा राखेर उनले छलफल गरेका हुन्।

शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

जेनजी आन्दोलनको बलमा बनेको सरकार गठनपछि प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच यो पहिलो औपचारिक भेट हो ।

देशको वर्तमान परिस्थिति गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै पौडेलले निकासका लागि चुनाव नै उपयुक्त माध्यम भएको धारणा राखेका थिए ।

तर छलफलका क्रममा दलका नेताहरूले भने चुनावका लागि आवश्यक वातावरण अझै नबनेको कुरा दोहोर्‍याएका थिए । यस विषयमा थप र विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी बनेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077