काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको हो ।
क्षेत्रीय भेलाले प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेको हो, जसमा पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह रहेका छन् ।
क्षेत्रीय समितिका अनुसार समानुपातिकतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ । यस्तै, राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम सिफारिस भएको छ।