Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दुई घण्टा ढिलोगरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक

दुई घण्टा ढिलोगरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

बुधबार  दिउँसो १ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिलो गरी सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठक कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको छ ।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ। तर नयाँ क्रियाशील सदस्यता वितरणलाई लिएर ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न खोजिएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077