Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ सई चन्दसहित सुदूरपश्चिमका दुई प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित

वरिष्ठ सई चन्दसहित सुदूरपश्चिमका दुई प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित

बुधवार , पौष ९, २०८२

धनगढी । बर्दियाको राजापुरमा दिनदहाडै गोली प्रहार गरी युवकको हत्या भएको घटनामा मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएका सुदूरपश्चिमका दुई प्रहरी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्र बहादुर चन्द र प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रमेशराज भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले ‘पुलिस अफ द मन्थ’ अवार्ड प्रदान गर्दै सम्मान गरेका हुन्।

वरिष्ठ सई चन्दले बर्दियाको राजापुर नगरपालिका–४, राजापुर गाउँमा दाङ तुल्सीपुर उपमहानगरपालिका–५ घर भएका २८ वर्षीय निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न मुख्य अभियुक्तलाई कैलालीबाट पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

गत मंसिर २५ गते कैलारी गाउँपालिका–५ नयाँ बयसपुरमा लुकिछिपी बसेको अवस्थामा ५० वर्षीय महाबिर चौधरीलाई पक्राउ गरिएको थियो। उनको साथबाट हत्यामा प्रयोग गरिएको पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै असई भट्टलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक र मातहत कार्यालय प्रमुखहरुबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गराउन तथ्याङ्क विश्लेषण सहित प्रथम त्रैमासिक समिक्षा गर्नुका साथै संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिच भएको बार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै यस प्रदेशमा घटेका अपराधहरुको तथ्याङ्गक विश्लेषण पश्चात कार्ययोजना निर्माण गरेको भन्दै सम्ममन गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार, संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण निष्ठा, लगनशीलता र कर्तव्यपरायणताका साथ निर्वाह गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउने तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएकै आधारमा उनीहरूलाई मंसिर महिनाका सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

पक्राउ परेका महाबिर चौधरी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीराम चौधरीका सहोदर भाइ भएको खुलेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077