Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस बैठकमा महाधिवेशनको कार्यतालिका सार्न माग, भोलि फेरि बैठक बस्ने

कांग्रेस बैठकमा महाधिवेशनको कार्यतालिका सार्न माग, भोलि फेरि बैठक बस्ने

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेमा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीइ महाधिवेशन गर्ने प्रस्ताव राखेका बताए ।

महामन्त्री थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए ।

उनले भने- 'बैठकमा पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्रीज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूची पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो ।'

यस्तै बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउने बारेमा समेत कुरा राखेको महतले बताए ।

कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077