Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविसँग चुनावी तालमेलको प्रस्ताव नगरेको प्रचण्ड सचिवालयको स्पष्टोक्ति

रविसँग चुनावी तालमेलको प्रस्ताव नगरेको प्रचण्ड सचिवालयको स्पष्टोक्ति

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको कुनै प्रस्ताव नगरिएको स्पष्ट पारेको छ ।

बिहीबार काठमाडौंबाट प्रकाशित केही पत्रपत्रिकासहित सञ्चार माध्यमले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भनी प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै प्रचण्डको सचिवालयले ती समाचार असत्य भएको जनाएको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, 'केही सञ्चार माध्यमले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुटा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ ।'

चुनावी सहकार्यका विषयमा नेकपाका तर्फबाट संयोजक प्रचण्ड वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी नगरेको स्पष्ट गरिएको छ ।

साथै, असत्य तथा सम्बन्धित पक्षबाट पुष्टि नगरी एकपक्षीय ढंगले प्रवाह गरिएका झुटा समाचारको भ्रममा नपर्न प्रचण्डको सचिवालयले आमसञ्चार माध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेकपाको यो स्पष्टोक्तिसँगै पछिल्ला दिनमा फैलिएका तालमेलसम्बन्धी चर्चाहरूको खण्डन भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077