Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुहारी हत्या प्रकरणपछि सिन्धुलीमा तनाव, प्रशासनले लगायो कर्फ्यु

बुहारी हत्या प्रकरणपछि सिन्धुलीमा तनाव, प्रशासनले लगायो कर्फ्यु

बिहिवार , पौष १०, २०८२

सिन्धुली । कमलामाई नगरपालिका–४, धुरामा ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यु आदेश जारी गरेको छ ।

स्थानीयले घटनामा संलग्न आरोपितको घरमा तोडफोड गरेपछि स्थिति नियन्त्रण बाहिर गएपछि बिहीबार बेलुका साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई–४ र ६ का विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, तोडफोड, हुलदङ्गा र ढुङ्गामुढा बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

स्थिति नियन्त्रणमा आउन नसकेपछि अश्रुग्यास समेत प्रयोग गर्नु परेको उनले जानकारी दिए । कर्फ्यु अवधिमा सवारी आवागमन, भेला–जुलुस र पाँच जनाभन्दा बढीको जमघट निषेध गरिएको छ।

गत आइतबार अपराह्न धुराबजारस्थित भान्साकोठाभित्र सुशीला बम्जनलाई उनकी सासु ५९ वर्षीया मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ ।

दुवै आरोपी पक्राउ परिसकेका छन् र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077